कमोडिटीका नाममा ६ अर्ब बढी ठगी विरुद्धको मुद्दा अघि बढाउनै मुस्किल


  • Himalayan Bank Limited (HBL)
कमोडिटीका नाममा ६ अर्ब बढी ठगी विरुद्धको मुद्दा अघि बढाउनै मुस्किल

काठमाडौं। नेपालमा दर्ता नै नभएको बस्तु विनिमय बजार (कमोडिटी मार्केट) को नाममा ६ अर्ब रुपैयाँभन्दा बढी ठगी आरोप लागेका १४१ मध्ये २८ जनामात्रै जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन्‌। जिल्ला सरकारी वकिल कार्यालयले १४१ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता गरेको थियो।

निकै धेरै संख्यामा प्रतिवादी बनाइएको, तर प्रतिवादी बनाइएकाहरू अदालतमा हाजिर नहुँदा मुद्द प्रकृया अलमलमा परेको छ। प्रतिवादी बनाइएका सबै सम्पर्कमा नआउँदा अदालतले मुद्दाको पेशी तोक्न नै सकेको छैन।

Read More