५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि


  • Himalayan Bank Limited (HBL)
५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

२६ फागुन, काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६, आव २०७८/७९ मा चार हजार ६८६ र आव २०७९/८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

Read More