काठमाडौँ । नयाँ सेयर दलालहरुले अर्थमन्त्रीलाई भेटेका छन् । नयाँ सरकार गठनसँगै अर्थमन्त्री बनेका वर्षमान पुन नियुक्त भएसँगै नयाँ दलालहरुले अर्थमन्त्री पुनसँग भेट गरेका हुन् ।
अर्थमन्त्रीसँगको भेटमा सेयर बजारको विकासका लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् । ‘हामीले सेयर बजार सुधार र विकासको मागसहित अर्थमन्त्रीज्युसँग भेट गरेका हौँ, बजार विकासका लागि पहल गरिदिन आग्रह पनि गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै गिरीले भने, ‘सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’



