कुस्मामा बढ्दै छन् सहकारीपीडितका उजुरी


  • Himalayan Bank Limited (HBL)
कुस्मामा बढ्दै छन् सहकारीपीडितका उजुरी

बागलुङ — पर्वतको कुस्मा नगरपालिकाको सहकारी शाखामा बचत रकम भुक्तानी नपाएका समस्यादेखि सहकारी बेथिति आदिका समस्या लिएर आउनेहरू बढ्दै छन् । पीडितका उजुरीका कागजात हेर्दैमा कर्मचारीलाई फुर्सद नरहेको नगरपालिकाले जनाएको छ । 

सहकारीहरूमा वित्तीय र नीतिगत समस्या बुझेपछि शाखाले पनि नगरभित्रका १ सय ५ सहकारीलाई आफ्नो यथार्थ विवरण ल्याउन निर्देशन दिएको छ । सहकारीका प्रबन्धकले ल्याएका विवरण अस्पष्ट भएपछि शाखा प्रमुख ऋषिराम शर्माले आवश्यक कागजात झिकाउने गरेका छन् । आएको कागजातमा पनि कतिपय विवरण स्पष्ट नभएको उनको भनाइ छ ।

Read More