२४ फागुन, काठमाडौं । नेपालको वन क्षेत्रबाट ६ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको वन क्षेत्रबाट २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा वन क्षेत्रबाट मात्र ६ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने अनुमान गरेको थियो ।



