ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : अर्थमन्त्री पुन


  • Himalayan Bank Limited (HBL)
ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : अर्थमन्त्री पुन

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन्। बिहीबार सिंहदरबारमा बैंकर्स संघका अधिकारीहरुसँग मन्त्री पुनले जनताको निक्षेपबाट दिइएको बैंकको ऋण तिर्दिन र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताएका हुन्।

उनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिए। उनले बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी गराए।

Read More