मिटरब्याज पीडितको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह


  • Himalayan Bank Limited (HBL)
मिटरब्याज पीडितको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन्।

आज मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका भट्टराईले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा गर्नका लागि उनले आग्रह गरेका छन् । उनले लिखित तमसुकहरू खोजेर कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गरेका छन् ।

Read More