काठमाडौं। वर्तमान समयमा वित्तिय क्षेत्रमा दिनानु दिन नयाँ घटनाक्रमहरु देखा परिरहेका छन । त्यस्तै राष्ट्र वैंक द्धारा घ वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लघुवित्त क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेका छन । जस्तै लघुवित्त संङ्घर्ष समिति त कहिले कर्जा मिनाहको आश्वासन, कहिले कर्मचारी कुटपिट त कहिले लघुवित्त सदस्यलाई हातपात र गालीबेईज्जती । उल्लेख गरीएका घटनाहरु त फगत उदाहरण मात्रै हुन । मुख्य कुरा नियमन निकायको निती र मोडेलमा प्रश्न चिह्न खडा भएको छ । लघुवित्त कार्यक्रम अहिले राष्ट्रीय स्तरका ४ वटा, प्रदेश स्तरीय ४२ वटा र जिल्ला स्तरीय ११ वटा गरी कुल ५७ वटा लघुवित्त वित्तीय संस्थाले लघुवित्त कार्यक्रम गरीरहेका छन । यद्यपी विभिन्न सहकारी तथा संघसंस्थाहरुले पनी यो कार्यक्रम सञ्चालन गरीरहेको कुरा सबैमा सर्वविदितै छ । झण्डै ५७ लाख ५१ हजार भन्दा बढी घरपरिवार लाभांवीत भएको र ४३४ अरब ५५ लाख भन्दा माथी कर्जा लगानी गरीरहेका लघुवित्त क्षेत्रमा कसरी यस्ता समस्याहरु देखा परे होलान् ?



