काठमाडौं : चीनको सेयर बजार नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरिज कमिसन (सीएसआरसी)’ ले बजारमा गैरकानुनी ढंगले चलखेल गर्नेमाथि थप खरो उत्रिने बताएको छ । साथै, नियामकले साना लगानीकर्ताको रक्षालाई आफ्नो मुख्य कर्तव्य बनाएको पनि अध्यक्ष वु छिङले बताएका छन् । घट्दो सेयर बजारको सुधार गर्न पछिल्लो समय चीनले अपनाएका विभिन्न उपाय मध्ये नियामकीय कडाई पनि एक रहेको छ ।





