निवर्तमान अर्थमन्त्रीले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्नै चाहनु भएनः विष्णु पौडेल


  • Himalayan Bank Limited (HBL)
निवर्तमान अर्थमन्त्रीले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्नै चाहनु भएनः विष्णु पौडेल

पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पौडेलले अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे ।

‘आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको देश मन्दीमा जानु हो, यसले पनि अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा देखाउँछ, अर्थतन्त्रका परिसूचक नकारात्मक छन्’, पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले भने, ‘तर निवर्तमान अर्थमन्त्री अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न तयार नै हुनु भएन, उहाँ आँकडा सच्याउँदै हिँड्नुभयो, आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।’

Read More