काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी साहुकार, सहकारी र लघुवित्तको ऋणपासोबारे संसदमा गोलमटोल जवाफ दिएका छन्।
यसअघिका बैठकमा सांसदहरूले उठाएका केही सवालको जवाफ दिँदै प्रधानमन्त्री दाहालले व्यक्तिगत/संस्थागत ऋणपासोबारे लिखितमा, तर मुद्दा सामान्यीकरण गर्नेगरी जवाफ दिएका हुन्।
यसअघि प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले सांसदले उठाएका सवालबारे सरकारको धारणा माग गर्दै प्रधानमन्त्रीलाई रुलिङ जारी गरेका थिए। सत्ता समीकरण परिवर्तनपछि संसद पुगेका प्रधानमन्त्रीले यसअघिका प्रतिपक्षी सांसदतर्फ इङ्गित गर्दै भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै माननीयका केही प्रश्नले जवाफ पाइसकेका छन्।’



