‘१२ वर्षपछि खोलो फर्कन्छ भन्थे, ठिक त्यसैगरि आज म पनि १२ वर्षपछि फेरि अर्थ फर्केको छु, २०६८ मा बाह्य र आन्तरिक अर्थतन्त्रको अवस्था जस्तो थियो, ठिक त्यस्तै त्यस्तै अवस्था अहिलेको पनि छ। फरक यत्ति हो, त्यो बेला मलाई अर्थशास्त्र र विकासका धेरै कुरा थाहा थिएनन, तर अहिले यो बीचमा सत्ता बाहिर रहे पनि धेरै कुरा अध्ययन गर्न पाएको छु, धेरै कुरालाई नजिक बाट नियालेको छु’ पदभार सम्हालेपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा पहिलो सम्बोधनमा अर्थमन्त्री बर्षमान पुनले बोलेको कुरा हो यो ।


