आगामी चैतमा समेत निक्षेपको ब्याजदर घट्न सक्ने सम्भावना रहेको बैंकरहरूले बताएका छन्।
बैंकहरूमा पर्याप्त तरलता रहेकोले चैतमा थप ब्याजदर घट्ने सम्भावना रहेको उनीहरूले बताएका हुन्।
'अहिले पनि कर्जाको माग बढेको छैन, बैंकहरूलाई निक्षेपको भार कायमै छ, त्यसैले चैतमा पनि निक्षेपको ब्याजदर केही न केही घट्ने सम्भावना छ,' एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने।



