न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने


  • Himalayan Bank Limited (HBL)
न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने

काठमाडौँ, फागुन २४ गते । नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने भएको छ । 

प्रसारण लाइनको समग्र परियोजना कार्यान्वयनमा सिथिलता देखिँदा अन्तरदेशीय प्रसारण लाइन पूर्वाधार पनि समस्यामा पर्ने भएपछि एमसिए–नेपाल सञ्चालक समितिले नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्ने निर्णय गरेको हो ।

Read More