लघुवित्तीय संस्थाहरूमा क्षमता अभिवृद्धि: कर्मचारी र सेवाग्राहीको क्षमता पनि बढाउन आवश्यक


  • Himalayan Bank Limited (HBL)
लघुवित्तीय संस्थाहरूमा क्षमता अभिवृद्धि:  कर्मचारी र सेवाग्राहीको क्षमता पनि बढाउन आवश्यक

लघुवित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि भन्नाले खासगरेर ती संस्थाको र ती संस्थाका सेवाग्राहीका लागि गरिने कुनै पनि क्षमता अभिवृद्धिका कार्यक्रमलाई जनाउँछ । यसले वित्तीय संस्थालाई सबल एवम् संस्थागत सुशासनमा अब्बल राख्न गरिने यावत् प्रकारका कार्यलगायत त्यसले संस्थाको प्रविधि पक्षको बलियोपना एवम् पारदर्शिताका क्षेत्रमा गरिने कामहरूलाई पनि जनाउँछ । क्षमता अभिवृद्धि भनेको कर्मचारीहरूले समयसमयमा लिने तालीम र पर्यवेक्षण भ्रमण मात्र होइन । संस्थाको क्षमता अभिवृद्धिले कुनै पनि लघुवित्तीय संस्थामा संस्थागत सुशासनका उदाहरण, त्यसको वित्तीय पारदर्र्शिता, जवाफदेहिता र उत्तरदायीपन, बलियो आन्तरिक नियन्त्रण प्रणालीको उपस्थिति, अन्तरराष्ट्रिय स्तरको नभए पनि राष्ट्रिय लेखामापन प्रणालीको उपस्थितिलगायत समयमै सम्पन्न हुने नियमित साधारणसभालाई समेत जनाउने भएकाले यस कार्यलाई कुनै एकल सूचकांकका आधारमा मात्र मूल्यांकन गर्न नमिल्ला । यसअतिरिक्त नियमनकारी निकायहरूबाट हुने आवधिक सुपरिवेक्षण वा निरीक्षणका क्रममा उठाइएका कैफियतहरूको कमभन्दा कम उपस्थिति र देखाइएका कैफियतलाई कति छिटो सम्बोधन गरिने गरिएको छ भन्ने कुराले पनि त्यसलाई मापन गर्छ । उसैगरी कुनै पनि लघुवित्तीय संस्थामा हुने गरेको नगद दुरुपयोगका घटना र त्यसको आयतनले पनि संस्थाको क्षमता अभिवृद्धिको उपस्थिति कस्तो रहेको छ भन्ने कुराको मापन गर्छ । माथि उल्लिखित सूचकांकहरूको उपस्थितिका लागि बलियो जनशक्ति पहिलो आवश्यकता हो भने तिनका क्षमता र दक्षता वृद्धिका लागि दिइने समसामयिक तालीम अर्को आवश्यकता हो । अहिले नियमनकारी निकायले कर्मचारीहरूका लागि हुने तालीममा निश्चित रकम खर्च गर्नुपर्ने (कुल सञ्चालन खर्चको ३ प्रतिशत हरेक वर्ष छुट्ट्याउनुपर्ने) नीतिगत व्यवस्था भए पनि त्यसको गुणस्तरीय सदुपयोग भने भएको देखिँदैन ।

Read More