काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिने धारणा राखेका छन् । बुधबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले 'आफू १२ वर्षपछि अर्थमन्त्रालयमा फर्किएको कथा समेत सुनाएर भने १२ वर्षपछि खोला फर्किन्छ भन्थे म यहाँ १२ वर्षपछि अर्थ मन्त्री भएको छु।'
२०६८ सालमा पुन अर्थमन्त्री भएको थिए । २०६८ सालमा अर्थमन्त्री हुँदा अर्थतन्त्र दबाबमा रहेको बेला भएको समेत बताए। उनले त्यस बेला पनि घरजग्गा र सहकारीको समस्या रहेको र उक्त समस्या आफ्नो टिम समाधान गरेको बताए।



