ब्याज खर्चले थिचिदै बैंक, आम्दानी बढाउने बाटो छैन खर्च मात्रै धेरै


  • Himalayan Bank Limited (HBL)
ब्याज खर्चले थिचिदै बैंक, आम्दानी बढाउने बाटो छैन खर्च मात्रै धेरै

रबिन पाैडेल

बैंक तथा वित्तीय संस्थाहरु ब्याज खर्चले थिचिदै गएका छन्। महँगो ब्याजदरमा उठाएको पैसा बैंकमा नै थुपारेर राख्नु परेपछि बैंकहरुलाई ब्याजको भार बढ्दै गएको हो।

अहिले बैंकहरुमा निक्षेप संकलन बढ्दै छ तर त्यसअनुसार कर्जा लगानी हुन सकेको छैन्। कर्जा लगानी नहुँदा बैंकहरुले ग्राहकबाट महँगो ब्याजदर तिरेर लिएको निक्षेप बैंकमा नै थुप्रिएर बसेको छ। यसले बैंकहरुले ब्याज तिरिराख्नु परेको छ तर उनीहरुले त्यो पैसालाई लगानी गरेर आम्दानी गर्न सकेमा छैनन्।

अहिले बैंकहरुको सिडि रेशियो ८० प्रतिशत छ। राष्ट्र बैंकले सिडि रेशियो ९० प्रतिशत कायम गर्न पाउने व्यवस्था गरेको छ। यसले राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुमा ६ खर्ब बढीको लगानीयोग्य रकम थुप्रिएर बसेको छ। यसले बैंकहरुको खर्च मात्रै बढाइरहेको छ।

Read More