भावी अर्थमन्त्री वर्षमान पुनलाई अनन्त सेयरबजारले गर्यो हरियो कार्पेटले नै स्वागत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भावी अर्थमन्त्री वर्षमान पुनलाई अनन्त सेयरबजारले गर्यो हरियो कार्पेटले नै स्वागत

नवगठित मन्त्रीमण्डलमा अर्थमन्त्रीको जिम्मा लिन लागेका माओवादी केन्द्रका वर्षमान पुनलाई सेयरबजारले हरियो कार्पेटले नै स्वागत गरेको छ । मङ्गलबार उच्च अङ्कको गिरावट भएको सेयरबजारमा आज भने सामान्य वृद्धि भएको छ ।

मङ्गलबार ७०.३१ अङ्कले घटेको सेयरबजार आज भने ९.३३ अङ्कले घटेर २०१७.०३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

Read More