समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने म्याद, नतिरे कालोसूचीमा


  • Himalayan Bank Limited (HBL)
समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने म्याद, नतिरे कालोसूचीमा

काठमाडौँ — सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सूचना निकालेर आफुले लिएको ऋणको सावा ब्याज ३५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो । तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता रोक्का, सम्पत्ति रोक्का र कालोसूचीमा समेत राखिने कार्यालयले जनाएको छ ।

कार्यालयले पछिल्लो समय समस्याग्रत घोषणा गरेका पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ऋणलाई ऋणको सावा ब्याज भुक्तानी गर्न भनेको हो ।

Read More