उच्च अदालत पाटनले बैंकिंङ कसुरमा पक्राउ परेका बैंकरलाई हिरासतमा राख्न म्याद थप गरेको छ। अदालतले तत्कालिन सेन्चुरी कमर्शियल बैंकका दश बैंकलाई थप सात दिन हिरासतमा राख्नलाई अनुमति दिएको हो।
उच्च अदालत पाटनले बैंकिंङ कसुरमा पक्राउ परेका तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, डेपुटी सीइओ मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, सन्ध्या श्रेष्ठ, दीपेश प्रधान र रमण श्रेष्ठ, राजेश भण्डारीलाई थप सात दिन हिरासतमा राख्नलाई अनुमति दिएको हो।


