मन्त्रालयको भागबण्डाबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक जारी


  • Himalayan Bank Limited (HBL)
मन्त्रालयको भागबण्डाबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक जारी

काठमाडौं : नयाँ सत्ता समीकरणको भागबण्डा मिलाउन चार दलको बैठक बालुवाटारमा जारी रहेको छ। बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताबीच मन्त्रालयको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनले भने,‘बिहान प्रधानमन्त्री ज्यूले सत्ता समीकरण बाहेकका दलहरुसँग संवाद गर्नुभयो । अहिले चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ। आज मन्त्रालय बाँडफाँड, मन्त्रिमण्डल कसरी भागबन्डा गर्ने, मन्त्रालयको वर्गीकरण, मापदण्ड र सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल हुन्छ।’

Read More