विश्व अर्थतन्त्रलाई महिलाहरूले ‘टर्बोचार्ज’ गर्न सक्ने विश्व बैंकको ठहर


  • Himalayan Bank Limited (HBL)
विश्व अर्थतन्त्रलाई महिलाहरूले ‘टर्बोचार्ज’ गर्न सक्ने विश्व बैंकको ठहर

हाल समस्याग्रस्त अवस्थामा रहेको विश्व अर्थतन्त्रलाई महिलाहरूले त्राण भर्न सक्ने निष्कर्षमा विश्व बैंक पुगेको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार आर्थिक रुपमा हाल रहेको लैङ्गिक अन्तरलाई कम गर्ने हो भने विश्वको कुल गार्हस्थ्य उत्पादन २०% भन्दा बढी बढ्न सक्छ। र, अर्को दशकमा विश्वको आर्थिक वृद्धि दर दोब्बर हुनेछ।

शिक्षा, स्वास्थ्य, काम, ज्याला र श्रम सहभागिता लगायतका धेरै क्षेत्रमा असमानता कायम रहेको र महिलाले पुरुषको तुलनामा दुई तिहाइ अधिकारको मात्र उपभोग गरेको संस्थाको प्रतिवेदनले देखाएको छ। “सुधारका कदमहरू चल्न ढिलो भएको छ र सरकारले कार्यस्थल र तिनीहरूको नियामक ढाँचामा लैङ्गिक समानता हासिल गर्ने कामलाई गति दिन आवश्यक छ”, विश्व बैंकले सोमबार प्रकाशित आफ्नो वार्षिक महिला, व्यवसाय र कानुन प्रतिवेदनमा उल्लेख गरेको छ।

Read More