जलविद्युतमा जापानी कम्पनीको इन्ट्री, ५० अर्ब लगानी गर्दै


  • Himalayan Bank Limited (HBL)
जलविद्युतमा जापानी कम्पनीको इन्ट्री, ५० अर्ब लगानी गर्दै

काठमाडाैँ । नेपालका खोलानालाहरुबाट हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहे पनि अझै क्षमताअनुसार उत्पादन हुन सकेको छैन । सरकारले विद्युत उत्पादनमा निजी क्षेत्रलाई पनि आह्वान गरेपछि भने नेपालमा जलविद्युतको क्षेत्रमा उल्लेख्य सुधार देखिन थालेको छ । विद्युत उत्पादनमा निजी क्षेत्र सहभागी भएपछि नेपाल विस्तारै विद्युतमा आत्मनिर्भर बन्दै मात्रै गइरहेको छैन, वर्षायाममा बढी भएको बिद्युत भारतलाई बेच्ने अवस्थामा समेत नेपाल पुगेको छ ।

भारतसँग १० हजार मेगावाट विद्युत बेच्ने सम्झौता भएपछि उर्जा क्षेत्र उत्साहित बनेको छ । विद्युतको व्यवसायिक दायरा फराकिलो हुँदै जाँदा नीजि क्षेत्रहरुले आयोजनाहरु आफ्नै बलबुताले बनाउने र विदेशी लगानी भित्र्याउने काम पनि गरिरहेका छन् ।

Read More