भारतमा बनेको आइफोन आगामी महिना आउने,सस्ताे मूल्यमा पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा बनेको आइफोन आगामी महिना आउने,सस्ताे मूल्यमा पाइने

भारतमा बनिरहेको आईफोन आगामी महिना सार्वजनिक हुन सक्ने बताइएको छ । यसबाट आइफोन सस्तो हुने अपेक्षा गरिएको छ ।

भारतीय सञ्चार माध्उमका अनुसार, आईफोनका लागि केही स्वीकृतीका कामह? बाँकी रहेका छन् । यद्यपी आईफोन एक्सआर र एक्सएस अगस्ट महिनामा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

फक्सकन कम्पनीले एप्पलका लागि भारतमा आईफोन उत्पादन गरिरहेको छ । भारतमा हाल आईफोन एक्सआरको सुरूवाती मूल्य करिब ५६ हजार भारतीय रूपैयाँ र एक्सएसको मूल्य करिब १ लाख भारू रहेको छ । तर भारतमा नै बनेपछि यसको मूल्य घट्नसक्ने बताइएको छ ।

भारत विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । भारतमा एप्पल डिभाइस एकदमै रूचाइदैँ आएको छ । तर मूल्य धेरै भएका कारण भारतमा एप्पलको मार्केट शेयर केबल १ प्रतिशत मात्र रहेको छ । एजेन्सी

Read More
  • MBL - below news