२२ फागुन, रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट नेपाल प्रहरीले श्रोत नखुलेको १० लाख रकम बरामद गरेको छ ।
ईशनाथ नगरपालिका १ स्थीत सडक खण्डमा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चीमबाट पूर्वतर्फ आउदै गरेको प्र.३ ०१–०२३च.५३८५ नम्बरको गाडीबाट श्रोत खुल्न नसकेको सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



