२२ फागुन, काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा नं ३ को मेलादेखि बासलधारासम्मको बाटो निर्माणको योजनामा नभएको कामको गलत प्राविधिक मूल्यांकन तयार गरेर भुक्तानी दिएको आरोपमा अख्तियारले तत्कालीन अध्यक्ष चौलागाईं, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब इन्जिनियर अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।



