काठमाडौं । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको क्षेत्र हो, सहकारी । पछिल्लो केही समययता यो क्षेत्र निक्कै चर्चामा छ । सहकारी संस्थाहरूले बचतकर्ताको रकम दुरुपयोग गरेकोदेखि सञ्चालक फरार, ऋणीले ऋण नतिर्ने भन्दै गरिएका आन्दोलनका कारण यो क्षेत्र चर्चामा आएको हो ।
हुनपनि ओरियन्टलदेखि शिवशिखर, कान्तिपुर, लालीगुराँस लगायत सहकारीहरूले सदस्यहरूको बचतको रकम खर्लप्पै पारिदिए । काठमाडौं बाहेक विराटनगरको तुलसी,धरानको बराह, बागलुङको इमेज, ललितपुरको देउराली सहकारी संस्थाले पनि बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि जिबी राईसम्म सहकारी ठगीमा मुछिएका छन् ।



