स्थानीय पुनर्बीमा ब्रोकरलाई विदेशमा पैसा पठाउन समस्या, विदेशीको भरपर्दा खोज्छन् भाग


  • Himalayan Bank Limited (HBL)
स्थानीय पुनर्बीमा ब्रोकरलाई विदेशमा पैसा पठाउन समस्या, विदेशीको भरपर्दा खोज्छन् भाग

स्पष्ट कानुनी व्यवस्था नहुँदा नेपालमा रहेका स्थानीय पुनर्बीमा दलाल (रिईन्स्योरेन्स ब्रोकर)हरुलाई पुनर्बीमा बापतको रकम विदेश पठाउन समस्या भएको छ।   पुनर्बीमा वापतको रकम बीमक तथा पुनर्बीमकले विदेश पठाउन पाउने प्रावधान भएपनि स्थानीय ब्रोकरहरुले भने पठाउने सम्बन्धमा कुनै कानुन नहुँदा उनीहरु समस्यामा परेका हुन् । 

नेपालका बीमक कम्पनीहरुले राष्ट्र बैंकको नियम अनुसार  पुनर्बीमा वापतको रकम विदेश पठाउन पाउँछन् ।   विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०८० अनुसार बीमक कम्पनीले पुनर्बीमा वापतको रकम विदेश पठाउन पाउने उल्लेख छ । सो परिपत्रमा बीमक कम्पनीले यस्तो रकम विदेशमा पठाउन पाउने व्यवस्था भएपनि पुनर्बीमाको बारेमा त्यसमा परिकल्पनानै गरिएको छैन। 

Read More