नेपालका बैंक तथा वित्तीय संस्था पुँजीले थालिएसँगै गैर–बंैकिङ सम्पत्तिले समेत थलिएका छन्। पुँजीको भार र गैर–बैंकिङ सम्पत्तिलाई उचित तवरले थान्को लाउन सकिएन भने धेरै बैंक तथा वित्तीय संस्था चल्नै नसक्ने गरी थला पर्ने स्थिति देखिन थालेको छ। कतिपय समस्या बैंक आफैंले निम्त्याएका छन् भने कतिपय समस्या केन्द्रीय बैंकले लादेको नीतिले भन्दा फरक पर्दैन। बैंक तथा वित्तीय संस्थाले पर्याप्त नगद प्रवाह नहुँदा नहुँदै पनि सेयरधनीलाई केही दिनैपर्छ भन्दै बोनस सेयर जारी गरेर कम्पनीलाई पुँजीको भारी बोकाएर थला पारेका छन्। कम्पनी पहिले कि सेयरधनी पहिले ? भन्ने प्रश्नमा पहिले कम्पनी अनि सेयरधनी हुनुपर्नेमा सूचीकृत कम्पनी सञ्चालकले पहिले सेयरधनी भन्ने मान्यता बनाउँदा अहिले कम्पनी र सेयरधनी दुवै भड्खालोमा जाकिएका छन् भन्दा फरक पर्दैन।



