राष्ट्र बैंकको सहभागीतामा ६ वटा ठूला सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न भएको छ । सहकारी विभागका अनुसार राष्ट्र बैंकका उप कार्यकारी निर्देशकसमेत सहभागी रहेको अनुगमन टोलीले हालसम्म ६ वटा ठूला सहकारी संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण सम्पन्न गरेको हो ।
सहकारी विभागका उप–रजिष्ट्रारसमेत रहेका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार अनुगमन निरीक्षण गरिने ९ वटा ठूला सहकारीमध्ये ६ वटाको स्थलगत अबुगमन सकिएको छ । अनुगमन सकिएका सहकारीको नाम भने अहिले सार्वजनिक नगरिने उपाध्यायले जनाए ।


