१३औं खरिद नियमावली संशोधन : आवश्यकता हेरी आयोजनालाई म्याद थप सुविधा


  • Himalayan Bank Limited (HBL)
 १३औं खरिद नियमावली संशोधन : आवश्यकता हेरी आयोजनालाई म्याद थप सुविधा

काठमाडौँ — सरकारले निर्माण व्यवसायीहरूको दबाबमा संशोधन गरेको सार्वजनिक खरिद नियमावलीअनुसार आयोजनाहरूमा आवश्यकताअनुसार म्याद गरिने भएको छ । त्यसका लागि १३औं खरिद नियमावली संशोधन भएको मितिबाट ३० दिनभित्र व्यवसायीले म्याद थपको निवेदन दिनुपर्नेछ । यसअनुसार आउँदो चैत २० भित्र म्याद थपको निवेदन दिइसक्ने समय छ । 

‘सम्झौता अवधिभित्र काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका आयोजनामा निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाबमोजिम के–कस्ता कारणले काम हुन नसकेको, काम गर्न लाग्ने अवधि खुलाई संशोधित कार्यतालिका र म्याद थपका कारण थप आर्थिक दाबी गर्न पाइने छैन,’ जारी नियमावलीमा भनिएको छ, ‘काम गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी कार्य सम्पादन जमानत, बिमा र पेस्कीसम्बन्धी जमानतको अवधि कायम रहेको सुनिश्चित गरी बोलपत्र स्वीकृत गर्ने अधिकारीले म्याद थप गर्नेछन् ।’

Read More