जेफ बेजोस पुनः बने विश्वको सबैभन्दा धनी, इलन मस्क दोस्रो स्थानमा


  • Himalayan Bank Limited (HBL)
जेफ बेजोस पुनः बने विश्वको सबैभन्दा धनी, इलन मस्क दोस्रो स्थानमा

काठमाडौं : अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले टेस्लाका संस्थापक इलन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका छन् । सोमबार अर्बपति बेजोसको नेटवर्थ २ खर्ब डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको ब्लुमबर्गले उल्लेख गरेको छ । बेजोस करिब ३ वर्षपछि पुनः अर्बपतिहरुको सूचीमा शीर्ष स्थानमा आएका हुन् ।

पछिल्लो पटक सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । सोमबार टेस्लाको सेयर भाउमा ७.२% ले गिरावट आएपछि मस्क ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा दोस्रो स्थानमा झरेका छन् । मस्कको नेटवर्थ भने १ खर्ब ९७ अर्ब डलर कायम भएको छ । कुनै समय मस्कको नेटवर्थ बेजोसको भन्दा १ खर्ब ४२ अर्ब डलर बढीसम्म पुगेको थियो । 

Read More