माघमा म्युचुअल फण्डको शेयर लगानी बढेर २९ अर्ब पुग्यो, औसत न्याभ भने घट्यो, कोषले माघमा थप शेयर किने


  • Himalayan Bank Limited (HBL)
माघमा म्युचुअल फण्डको शेयर लगानी बढेर २९ अर्ब पुग्यो, औसत न्याभ भने घट्यो, कोषले माघमा थप शेयर किने

माघमा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूको लगानी बढेर २९ अर्ब रुपैयाँ भन्दा बढी भएको छ। माघमा शेयर बजार स्थिर जस्तै रहे पनि कोषहरूले गरेको लगानी भने बढेको छ।

कोषहरूले फागुनको पहिलो र दोस्रो सातासम्म प्रकाशित गरेको विवरण अनुसार उनीहरूको लगानी बढेको देखिएको हो। प्रकाशित विवरणहरू अनुसार माघमा कोषहरूको लगानी बढेर २९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। जबकि गत पुसमा उनीहरूको लगानी २९ अर्ब २७ करोड रुपैयाँ मात्रै रहेको थियो। जुन पुसको तुलनामा १.५९ प्रतिशतको वृद्धि हो। कोषहरूले सूचीकृत कम्पनीहरूमा गरेको लगानी बढेको देखिएको हो। माघमा दोस्रो बजार झिनो प्रतिशतले घटे पनि कोषहरूको लगानी भने बढेको देखिएको छ। कोषहरूले लगानी गरेको शेयरहरूको मूल्य बढेका कारण उनीहरूको लगानी बढेको देखिएको हो। माघमा दोस्रो बजार भने ०.९२ प्रतिशतले घटेको थियो। अर्को तर्फ कोषहरूले माघमा दोस्रो बजार घटेको मौका छोप्दै थप शेयर समेत किनेका छन्। उनीहरूको निक्षेप घटेको छ। निक्षेप घटेको देखिएकोले पनि उनीहरूले माघमा थप शेयर खरिद गरेको प्रमाणित हुन्छ।

Read More