निक्षेप तथा कर्जा सुरक्षण कोष युवा शक्तिलाई रोजगारी र उद्यममा जोड्ने उदेश्य लिएर विशेष योजना ल्याउने तयारीमा जुटेको छ। धितो राखेर मात्र कर्जा पाइने परम्परागत बैंकिङ सोचलाई समेत बदल्ने गरि कोषले पाँच लाख देखि तीन करोडसम्म बिना धितो कर्जा लिन सकिने गरि विशेष योजना ल्याउन लागेको हो।
कोषले रोजगारमुखी सूचना प्रविधि तालिम कर्जा सुरक्षण, स्मार्ट कर्जा सुरक्षण, व्यवसायिक खेति कर्जा सुरक्षण, स्टार्टअप कर्जा सुरक्षण गरि चार प्रकारका कर्जा सुरक्षण योजना ल्याउन लागेको हो।


