२१ फागुन, पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् ।



