काठमाडौँ । ११ महिना देशको अर्थतन्त्रको जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. प्रकाशशरण महत बजेटलाई खर्बौँ रुपैयाँ घाटामा राखेर बाहिरिएका छन् ।
उनी देशको अर्थतन्त्रलाई १ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँ घाटामा छाडेर अर्थमन्त्रीको जिम्मेवारीबाट बर्हिगमनमा परेका हुन् । अर्थमन्त्रीका रुपमा महतले २०७९ चैतमा आफ्नो जिम्मेवारी सम्हालेका थिए ।
विदेशमा अर्थशास्त्रमा विद्यावारिधि गरेका महतले अर्थमन्त्रीको भूमिका देशको समग्र अर्थतन्त्रलाई नयाँ दिशामा लग्ने सरोकारवालाको अपेक्षा थियो । तर, झण्डै एक वर्षको अवधि अर्थ मन्त्रालयमा बिताएका महतले मन्त्री पद छाड्दै गर्दा सुरुमा अपेक्षा गरिएजस्तो अर्थतन्त्रमा सकारात्मक दिशा दिन असफल बने ।



