भारतीय शेयर बजारमा साेमबार निफ्टीले नयाँ रेकर्ड बनाएकाे छ । निफ्टीले २२,४४० विन्दु पुगेर हालसम्मकै उच्चस्तरमा पुगेकाे हाे । लगातार तेस्रो कारोबार दिन निफ्टी उच्च विन्दुमा पुगेकाे हाे ।
काराेबारकाे सुरूवातमा नयाँ उच्चस्तर बनाएपनि त्यसपछि भने केही घटेको थियो । निफ्टी २७ अंकले बढेर २२,४०५ विन्दुमा पुगेकाे छ । यस्तै, सेन्सेक्स ६६ अंकले बढेर ७३,८७२ को स्तरमा बन्द भएकाे छ।
आज पावर र बैंकिङकाे शेयरमा बढोत्तरी भएको छ ।
शनिबार पनि शेयर बजार खुला, नयाँ रेकर्ड बनायाे
यसअघि, शनिबार भारतीय शेयर बजारमा अहिलेसम्मकै उच्च विन्दु कायम भएको थियो । काराेबारकाे क्रममा सेन्सेक्स ७३,९९४ विन्दु र निफ्टी २२,४१९ विन्दुमा पुगेर हालसम्मकै उच्चस्तरमा पुगेकाे थियाे । तर, त्यसपछि भने घटेकाे थियाे । अन्त्यमा, सेन्सेक्स ६० अंकले बढेर ७३,८०६ विन्दुमा बन्द भएकाे थियाे। निफ्टीमा पनि ३९ अंकको वृद्धि भएर २२,३७८ को स्तरमा बन्द भएकाे थियाे।





