साढे दुई दशकअघि एउटा महिला समूह गठन भयो, ताम्राकौशिका प्राविको प्राङ्गणमा । जसले हरेक सदस्यबाट प्रति महिना दश रुपैयाँ बचत गर्न थाल्यो । यो हो, हाल एक उदाहरणीय सहकारीका रुपमा रामेछाप जिल्लामा नै कहलिएको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीजारोपण हुँदा बखतको कुरा ।
हाल बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिका १ मा रहेको यस सहकारी संस्थाको यात्रा २५ वर्ष पुगिसकेको छ । जसको बीज २५ वर्ष अघि महिला समुहको रुपमा टुसाएको थियो ।



