काठमाडौँ ।सत्ता समीकरण फेरबदल भएसँगै अर्थमन्त्रीबाट डा. प्रकाशशरण महतको बहिर्गमन निश्चित भएको छ । २०७९ चैत १७ गते डा.महतले मुलुकको आर्थिक बागडोर सम्हालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) समेतको सत्ता समीकरणबाट बनेको ‘प्रचण्ड’ सरकारमा नेपाली कांग्रेस कोटाबाट डा.महतले अर्थमन्त्री बन्ने अवसर पाएका थिए ।



