कलैयाः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले २१ लाख नौ हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतबाट नेपालतर्फ रकम ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरूलाई बरामद नगदसहित सोमबार सार्वजनिक गर्दै प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको जनाएको छ।
प्रहरीद्वारा पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-७ का आसिफ मनि चेन्जरका संचालक ३१ वर्षीय कलामुदिन अंसारी, ३९ वर्षीय मेराजुल हक अंसारी, भारत बिहार मोतीहारीका थाना हरपुर पञ्चायत नायक टोल बस्ने रञ्जित सर्राफ रहेका छन्। फागुन १८ गते कलैया ६ स्थित अस्पताल रोडबाट प्रहरीले पाँच लाख नगदसहित सर्राफलाई पक्राउ गरेको थियो। सर्राफलाई नियन्त्रणमा लिएपछि प्रहरीले मनि चेन्जरका सञ्चालकलाई पक्राउ गरेको हो।



