आइतबार साँझबाटै राजनीतिक वृत्तमा नयाँ समिकरणका संकेतहरु देखिएका थिए । सोमबार बिहानसम्म आइपुग्दा यसले करिब करिब आकार ग्रहण गरेर एक तहको मूर्त रुपसमेत लिइसकेको थियो ।
नेकपा एमालेसहितको नयाँ सत्ता समिकरण बनेपछि यसलाई निजी क्षेत्र वा लगानीकर्ताले कसरी लिन्छन् भन्ने चासो थियो । यसका लागि ब्यग्र प्रतिक्षाको घडी थियो बिहानको १०ः३० बजे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्री–ओपन हुने यो समयले नयाँ समिकरणलाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने थियो । खासगरि नेकपा एमालेले अर्थ मन्त्रालय सम्हाल्छ र विष्णु पौडेल पुनः अर्थमन्त्री बन्छन् भन्ने चर्चाले १०:३० देखि १०:४५ सम्मको ‘प्री ओपन’मै नेप्से १५ अंकले उकालो लाग्यो ।


