काउलीको आगमन १७ प्रतिशत घट्दा ६३ प्रतिशतले बढ्यो मूल्य


  • Himalayan Bank Limited (HBL)
काउलीको आगमन १७ प्रतिशत घट्दा ६३ प्रतिशतले बढ्यो मूल्य

काठमाडौं । बजारमा काउलीको आगमन घट्दा मूल्य भने बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा काउलीको आगमन १७ प्रतिशतले घटेको छ । एक साताअघि कालीमाटी बजारमा ४३ हजार ६९३ किलोग्राम काउली भित्रिएको थियो भने आज ३६ हजार २३० किलोग्राम काउली बजार भित्रिएको छ ।

आगमन घट्दा मूल्य भने ६३ प्रतिशतले बढेको समितिले जनाएको छ । एक साताअघि स्थानीय काउली औसत प्रतिकिलो २७ रुपैयाँमा विक्री भएको थियो भने आज ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

Read More