काठमाडौँ — नेपाल राष्ट्र बैंकको सहभागितामा सहकारी विभागले सहकारी संस्थाको अनुगमन थालेको छ । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय नेतृत्वको संयुक्त अनुगमन टोलीले सहकारी संस्थाहरूको सघन अनुगमन सुरु भएको हो ।
नियमनको अभावमा सहकारी क्षेत्रमा समस्या आयो भन्ने आरोप लागिरहेका बेला सहकारी संस्थाको अवस्था कस्तो छ भनेर वास्तविक अवस्था पत्ता लगाउन संयुक्त अनुगमन थालिएको विभागका उपाध्यायले बताए ।


