शेयर लगानीकर्ताको आशाको त्यान्द्रो, एमालेको सत्तारोहण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर लगानीकर्ताको आशाको त्यान्द्रो, एमालेको सत्तारोहण

पछिल्लो ११ कारोबार दिनमा सय अंकभन्दा तल झरेको नेपालको शेयर बजारले लगानीकर्तालाई निकै नै निराश बनाएको छ । ‘ब्याजदर घट्यो, अब बजार बढ्छ’ भन्ने रटान र केही हदसम्मको विश्वासले समेत काम नगरेपछि लगानीकर्ता अब ‘राजनीतिक फेरबदल’ले कतै त्राण देला कि भन्ने एक मात्र आशाको सहारामा छन् ।  

फागुन ३ गते २०६२.०३ बिन्दुमा रहेको नेप्से २० गते १९६०.३० बिन्दुमा झरिसकेको छ । जबकि घट्दो ब्याजदरका कारण यो बेला कम्तीमा पनि नेप्से परिसूचक २२०० को हाराहारीमा पुग्ने अपेक्षा थियो । 

नेपालको पुँजी बजारले लय समात्ने लामो समयदेखिको आशामा तुसारापात भएपछि ठूला लगानीकर्ता अब के गर्ने भन्ने आन्यौलको स्थितिमा छन् । सेयर बजारमा भएको लगानी घाटा नै सहेर भए पनि निकाल्ने कि भन्ने मनस्थितिमा केही पुगेका भेटिन्छन् त कतिपय सत्ता समीकरणमा फेरबदल हुने र सुखद दिन आउने प्रतीक्षामा बसेका छन् ।

Read More