काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा कायम भएको हो। २ अर्ब बराबरको सेयर कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ३४९.७३ विन्दुमा पुगेको छ।
आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढ्यो।





