नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुँदा सार्वजनिक निष्कासन ठप्पप्राय हुन पुगेका छन् ।
हाल सेबोनको आइपिओ निष्कासनको पाइपलाइनमै ३५ कम्पनी पुगिसकेका छन् । यी कम्पनीहरुले २७ अर्ब ८० करोड रुपैयाँ भन्दा बढीको सार्वजनिक निष्कासन गर्न अनुमति कुरिरहेका छन् । यसरी आइपिओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीमध्ये १७ कम्पनी हाइड्रोपावर समूहका रहेका छन् । यसैगरी नौ कम्पनी अन्य समूहको रहेका छन् भने पाँच उत्पादन तथा प्रसोधन समूह, दुई होटल तथा पर्यटन र एक-एक लगानी र लघुवित्त समूहका कम्पनी रहेका छन् ।





