लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २८ लाख ५ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।




