घट्यो निक्षेपको ब्याजदर, बैंकबाट बढी ब्याज पाइने ऋणपत्र हुन सक्छ विकल्प


  • Himalayan Bank Limited (HBL)
घट्यो निक्षेपको ब्याजदर, बैंकबाट बढी ब्याज पाइने ऋणपत्र हुन सक्छ विकल्प

अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाइरहेका छन्। 

वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका छन्।

घट्दो ब्याजदरले चिन्तित हुनुहुन्छ भने यसको विकल्प हुनसक्छ बैंकहरूले नै जारी गरेको ऋणपत्र।

अहिले बैंकहरूले जारी गरेका ७५ वटा ऋणपत्र सेयर बजारमा सूचीकृत छन्। यी ऋणपत्रमा ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

त्यसैले अहिले निक्षेप जस्तै सुरक्षित तर तुलनात्मक रूपमा बढी ब्याज पाइने ऋणपत्र लगानीको विकल्प हुनसक्छ।

Read More