अमेरिकाको सार्वजनिक ऋण प्रत्येक १०० दिनमा १० खर्ब डलरको दरले बढ्दै, सुनको भाउमा कस्तो पर्छ प्रभाव ?


  • Himalayan Bank Limited (HBL)
अमेरिकाको सार्वजनिक ऋण प्रत्येक १०० दिनमा १० खर्ब डलरको दरले बढ्दै, सुनको भाउमा कस्तो पर्छ प्रभाव ?

काठमाडौं : अमेरिकाको सार्वजनिक ऋणको भार हालैका महिनाहरुमा द्रुत गतिमा बढ्दै गएको देखिएको छ । अमेरिकाको सार्वजनिक ऋण हरेक १०० दिनमा करिब १० खर्ब डलर (१ ट्रिलियन) ले बढ्दै गएको सीएनबीसीले उल्लेख गरेको छ । अमेरिकी ट्रेजरी विभागको तथ्यांकअनुसार डिसेम्बर २९ मा संक्षिप्तरुपमा ३४० खर्ब डलर पार गरेको अमेरिकी ऋणले जनवरी ४ मा भने स्थायीरुपमै ३४० खर्ब डलर माथि पुगेको छ ।

यसअघि सन् २०२३ सेप्टेम्बर १५ मा अमेरिकाको सार्वजनिक ऋण ३३० खर्ब डलर र त्यसभन्दा अघि जुन १५ मा ३२० खर्ब डलर पुगेको थियो । यसले अमेरिकाको ऋणको विस्तार द्रत गतिमा बढ्दै गएको प्रष्ट हुन्छ । जुन महिनायता, करिब प्रत्येक १०० दिनको अन्तरालमा ऋण १० खर्ब डलरले बढेको हो । जुन भन्दा अघि भने ३१० खर्ब डलरबाट १० खर्ब बढ्न ८ महिना लागेको थियो ।

Read More