काठमाडौँ — पछिल्लो एक वर्षमा नेपालमा बिमा क्षेत्रको दायरा खुम्चिएको बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ । ०७९ माघ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिमा पहुँच करिब साढे १ प्रतिशत विन्दुले घटेको देखिन्छ ।
०७९ माघसम्ममा बिमा पहुँच ४४.७० प्रतिशत रहेकामा गत माघसम्ममा घटेर ४३.१४ प्रतिशत कायम भएको देखिएको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांकले पनि गएको एक वर्षमा बिमा पहुँच खुम्चिएको पुष्टि हुन्छ । ०७९ भदौमा बिमा पहुँच ४४.१४ प्रतिशत थियो ।


